२०८३ मङ्सिर १० गते बुधवार

पत्रकार पाण्डेको निधन

काठमाडौँ,मंसिर २९ । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ। पण्डे बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए।

विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।

पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक एवम् नेपाल विद्यार्थी संघ गुल्मीका पूर्वसभापति थिए।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *