२०८३ बैशाख १५ गते मङ्गलवार

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु

काठमाडौं ,असोज ८ । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका छन् ।


उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् । मङ्गलवार अधिवेशनको बन्द सत्रसँगै नयाँ नेतृत्व चयनका लागि प्रत्रिया सुरु हुने एमाले नेताहरूले बताएका छन् ।

अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ । प्रदेश अध्यक्ष पदमा पाँच नेताले आकांक्षा प्रकट गरेका छन् ।

एमाले बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुङ्गेल, मकवानपुरका कृष्ण दाहाल तथा प्रदेश नेता नुवाकोटका केशवराज पाण्डे, चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठले आकांक्षा देखाएका छन् ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *