२०८३ बैशाख १५ गते मङ्गलवार

कर्णालीका मुख्यमन्त्री शर्माका सल्लाहकार सबै शर्मा थरका

दाङ, असोज ४ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सचिवायमा आफ्नै थरका ब्यक्तिलाई मात्रै नियुक्ति दिएका छन् ।

नेकपा माओबादी केन्द्रका पोलिट ब्यूरो सदस्यसमेत रहेका मुख्यमन्त्री शर्माले सचिवालयमा आफ्ना नातागोता र परिवारका सदस्यलाई नियुक्ति दिएपछि आलोचना हुन थालेको छ ।
रुकुम पश्चिम प्रदेश सभा २ बाट गत मंसिर ४ गते भएको निर्वाचनबाट उनी निर्वाचित भएका थिए ।

मुख्यमन्त्री शर्माले प्रमुख सल्लाहकारमा भिनाजु नाता पर्ने भरतकुमार शर्मालाई नियुक्त गरेका छन ।

प्रमुख सल्लाहकार शर्मा यसअघि स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी हुँदै कर्णाली प्रदेश सरकारको निमित्त सचिबको जिम्मेवारीसमेत सम्हाली सकेका ब्यक्ति हुन ।

त्यसपछि अनिवार्य अबकास पाएका शर्मालाई पुनः राजनीतिक नियुक्ती दिइएको छ ।
मुख्यमन्त्री शर्माले आफ्नो प्रमुख सचिबमा आफ्नै गृह नगर चौरजहारीका शैलेश शर्मालाई नियुक्त गरेका छन् । उनीहरु दुबै जना रुकुम पश्चिमकै हुन । जस्लाई उनले आफ्नो कार्यकालको सुरुमै नियुक्ति दिएका थिए ।

सचिवालयमा आफ्ना आफन्तमात्र नियुक्त गरेको भन्दै रुकुम पश्चिम तथा कर्णाली प्रदेश पार्टीको आन्तरिक बैठकमा मुख्यमन्त्री शर्माको अर्कौ आलोचना भएपनि पुनः दुई जना शर्मा थरकै ब्यक्तिलाई खोजेर नियुक्ति दिएका छन् ।

मंगलबार कर्णाली प्रदेश मन्त्रीपरिषदको बैठकले जनसम्पर्क सल्लाहकारमा सुर्खेतकी हरिमाया शर्मा र प्रेस सल्लाहकारमा सल्यानका प्रतिक शर्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उपसचिबदेखि बिशिष्ट श्रेणी सम्मको विभिन्न तहको सेवा सुबिधा पाउने गरि उनीहरुलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शर्माको सचिवालयमा सहिद परिवार तथा पार्टीमा लामो योगदान गरेका योग्य ब्यक्तिलाई नियुक्त गर्न रुकुम पश्चिम जिल्ला पार्टीका साथै कर्णाली प्रदेश कमिटीले सिफारिस गरेको भएपनि त्यसलाई लत्याएर मनोमानी गरिएको भन्दै रुकुमकै माओबादीका एक नेताले असुन्तुष्टि पोखे ।

‘मुख्यमन्त्रीले पार्टीको सिफिरिस बिपरित आफ्ना आफन्त र अनुकुलका मानिसहरुलाई मात्रै सचिवालयमा नियुक्ति दिने मनपरी गर्नु भयो,’ उनले भने ‘ यसले त्यत्तो जनयुद्ध र सहिद परिवारको अपमान भएको अनुभुति भइरहेको छ ।’

केही समय पहिले जिलला पार्टीले गरेको निर्देशन र सिफारिसहरु कार्यन्वयन नगर्ने मुख्यमन्त्री शर्मा परिवारबादमा चुलुम्म डुबेको उनले आरोप लगाए ।

मुख्यमन्त्री शर्मा यसअघि जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख थिए । उनी प्रमुख छँदा जिल्लामा मदिरा निषेध अभियान चलाएका थिए । जसले गर्दा जिल्लामा इजाजत लिएर मदिरा व्यवसाय गरेका फरक आस्था बिचार राख्ने ब्यवसायी धारासायी बनेको माओबादीका ती नेताले बताए ।

जिल्लामा जिल्ला समन्वय समिति र स्थानीय सरकार मिलेर मदिरा निषेध अभियान थालेर ब्यवसायीको उठिबास लगाएपनि आठविसकोटमा भने माओवादी निकटहरुले सञ्चालन गरेको करोडौं लगानीको मदिरा उद्योगलाई उनीहरुले नै निर्वाध रुपमा संचालन हुन दिएको आरोप ती नेताले लगाए ।
आफ्नो स्वार्थमा फरक–फरक नीति अख्तियार गरेको भन्दै उनको त्यसखेरपनि रुकुममा चर्कौ आलोचना भएको थियो । व्यवसायी अदालतमा पुगेपछि आदेशले उनको निर्णय उल्टिएको थियो ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *