२०८३ असोज २९ गते बिहिवार

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

काठमाडौँ ,असार ५ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि सोमबार सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १४ सय ३० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ तोलाको १४ सय ४० रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *