प्रमोद आचार्य,दंगीशरण,जेठ ३० । दंगीशरणमा निशुल्क प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिकाको आयोजना तथा परिवार नियोजन संघ दाङको प्राबिधिक सहयोगमा आयोजित महिला प्रजनन निशुल्क स्वास्थ्य शिविरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले महिलाहरुको प्रजनन अगंहरुको जोखिम घटाइ महिलाहरुको स्वास्थ्य स्वस्थ राख्न आफु गम्भिर रहेको बताए ।
उनले दंगीशरण गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिला प्रजनन निशुल्क स्वास्थ्य शिवीर पाठेघरको स्क्रीनिङ ब्यबस्थापन शिविरको आयोजना गरिएको अध्यक्ष बताए ।
गिरीले आफु निर्वाचित भएर आइसकेपछि महिलाको सवालमा पहिलो निर्णय गर्दै सुत्केरी प्रोत्साहन भत्तादेखी–छोरी सम्मान कार्यक्रम हुदै पाठेघरको निशुल्क शिविर जस्ता महिलाहरुको क्षेत्रमा थुप्रै कार्यक्रमहरु अगाडि बढाइएको बताए ।
त्यस कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले महिलाहरूको सेवा र महिला लक्षित कार्यक्रममा आफु सदैब तत्पर रहेको बताइन । उनले पाठेघरको नियमित चेकजाँच गर्नुपर्ने र चेकजाँच गर्न लाज र हिन्ताबोध मान्न नहुने बताइन ।
त्यस अवसरमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराई,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले शिविरबाट सबै पालिकावासी महिलाहरुले लाभ लिन आग्रह गरे ।
उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिकाका नर्सिङ राधा शर्माले गरेकी थिइन ।