२०८३ बैशाख १५ गते मङ्गलवार

नक्कली भुटानी शरणार्थी प्रकरण ः आज टोपबहादुरको प्रतिरक्षामा बहस हुँदै

काठमाडौँ,जेठ २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहस अन्तर्गत आज (शुक्रबार) प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस जारी छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बहस गर्दै छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिएर लाखौँ ठगी गरेको अभियोगमा टोपबहादुर हाल हिरासतमा छन्।

नक्कली शरणार्थी मुद्दामा जेठ २१ देखि थुनछेक बहस भइरहेको हो। सरकारी वकिल र पीडिततर्फका वकिलले तीन दिन बहस गरेपछि बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस भइरहेको हो।

नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ भने यीमध्ये १८ जनामात्र पक्राउ परेका छन्। १२ अभियुक्त फरार छन्।

पक्राउ परेका १८ जनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका पीए नरेन्द्र केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जन छन्।

नक्कली शरणार्थी प्रकरणका ३० प्रतिवादीविरुद्ध जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता छ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *