काठमाडौँ,जेठ १९ । नेपाली सुनचाँदी बजारमा केहीदिनयता सुनको मूल्यले निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ।
साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि तोलामा ८ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ।
१८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो ।
१७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो।
बजेट घोषणापछि सरकारले वृद्धि गरेको कारण सुनको मूल्य प्रति १० ग्राममा ३ हजार ९ सय रूपैयाँले बढेको थियो। बजेट पछिको तीन दिनमा सुनको मूल्य तोलामा ५ हजार रूपैयाँले बढिसकेको छ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर शुक्रबार १ हजार ३५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ। बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको थियो।
