२०८३ बैशाख १६ गते बुधवार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं ,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । राष्ट्रिय सभाको सचिवालयका अनुसार तीन दिन (जेठ ७, ८ र ९ गते)छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *