२०८३ बैशाख १६ गते बुधवार

आफ्नो परिवारको सम्पत्ति छानबिन गर्न कांग्रेस नेतृ राणाको माग

काठमाडौँ ,बैशाख २४ । कांग्रेस नेतृ आरजु राणाले आफ्नो परिवारको सम्पत्ति छानबिन गर्न माग गरेकी छिन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा राणाले आफूलाई अनाआवश्क रुपमा भ्रष्टाचारको जोडेको प्रति आपत्ति जनाउँदै आफ्नो सक्पत्ति छानबिन गर्न सरकारसँग आग्रह गरेकी हुन्।

उनले नारीले आफ्नो स्वाभिनाले राजनीति गरेको पुरुषहरुले देखी नसहेको राणाले बताइन्।

राणाले भनिन्, ‘मेरो श्रीमान् पाँचपटक प्रधानमन्त्री हुनुभएको छ। मेरो लगायत उहाँको सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ। हामी सांसद बनेदेखि हाम्रो सम्पत्ति छानबिन गरौँ। वेवसाइत मार्फत सार्वजनिक गरौँ। सबैको सम्पत्ति छानबिन गरौँ।’

उनले जसले जति विरोध गरे पनि म आफू नडराउने बताइन। कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमतसमेत रहेकी राणाले भनिन्, ‘म डराउदिन किनकी मैंले गल्ती गरेको छैन।’

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *