काठमाडौँ,बैशाख २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार सिंहदरबारमा भेट भएको छ।
प्रहरीले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरेको भोलिपल्ट ओलीले दाहालसँग भेटेका हुन्। यद्यपि प्रधानमन्त्री दाहाल निकट स्रोतले यस भेटको तय बुधबार बिहान नै भएको जानकारी गराए।
स्रोतका अनुसार दुई नेताबीच संवैधानिक परिषद्को बैठकका अतिरिक्त विभिन्न राजनीतिक विषयमा कुराकानी भएको थियो।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको बजेट कटौतीबारे पनि प्रधानमन्त्री दाहालसँग सोधेका थिए। उनले उक्त बजेट कटौती नगर्न प्रधानमन्त्री दाहालसँग आग्रह पनि गरेका थिए।
प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार