२०८३ बैशाख १६ गते बुधवार

लुम्बिनीको हिउँदे अधिवेशन अन्त्य


तुलसीपुर ,बैशाख २० । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य गरिएको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार राति १२ बजे अधिवेशन अन्त्य हुने जानकारी प्रदेशसभालाई पठाएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धार १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख छ ।

प्रदेशसभाको हिउँदे अधिवेशनमा १० वटा बैठक बसेका छन् । यस अधिवेशनमा नयाँ सरकार गठन, दुई मुख्यमन्त्रीले विश्वासको मत लिने र दुई विधेयक पेस भएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार नै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए ।

मुख्यमन्त्रीको सचिवालयले सरकारले तुरुन्तै बजेट अधिवेशनको तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *