२०८३ बैशाख १६ गते बुधवार

मुख्यमन्त्री चौधरीको सपथ आज, सानो मन्त्रीमण्डल बनाउन कसरत

दाङ, बैशाख १५ । लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार पद तथा गोपनियताको सपथ लिने भएका छन् ।


बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई सफथ खुवाउने तयारी गरिएको छ ।
आजै सानो आकारको मन्त्रीमण्डल घोषणा गरि आँफुसंगै उनीहरुको पनि सफथ गराउने गरि मुख्यमन्त्री चौधरी तयारीमा जुटेका छन् ।


दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित नेकपा माओबादी केन्द्रका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्री बन्ने चर्चाहरु भइरहेका छन् ।


लोकतान्त्रिक समाजबादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मध्यबाट मन्त्रीहरु बनाउन गृहकार्य भइरहेको स्रोतले जानकारी दिएको छ ।


त्यसका लागि बिहान ८ बजेपछि नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा दलहरुका बीचमा छलफल जारी छ ।

प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *