२०८३ बैशाख १६ गते बुधवार

उपनिर्वाचनमा कुल १.५० प्रतिशत मत बदर

काठमाडौँ,बैशाख १३ । निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कुल १.५० प्रतिशत मत बदर भएको जनाएको छ।

आयोगको जारी गरेको तथ्यांकअनुसार सबैभन्दा बढी मत तनहुँ १ मा बदर भएको छ। यो क्षेत्रमा ६५ हजार ३१६ मत खसेको थियो। जसमध्ये ६४ हजार १३५ मत सदर र बाँकी १ हजार १८१ मत बदर भएको छ। यहाँ कूल मतदाता १ लाख २३ हजार ३०५ रहेका थिए।

यसैगरी, चितवन २ मा ७८ हजार ६६४ मत खसेको थियो। जसमध्ये ७७ हजार ४६६ मत सदर र १ हजार १९८ मत बदर भएको छ। उक्त बदर मत भनेको १.५२ प्रतिशत हो। यहाँ कुल मतदाता १ लाख २४ हजार ६९५ रहेका थिए।

यस्तै, बारा २ मा ६९ हजार २२ मत खसेको थियो। उक्त मतमध्ये ६८ हजार १९२ सदर र ८३० मत बदर भएको छ। उक्त बदर मत १.२० प्रतिशत हो। यहाँ कूल मतदाता १ लाख ५ हजार २४८ रहेका थिए।

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले, चितवन-२ मा रवि लामिछाने र बारा-२ मा उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *