घोराही, वैशाख ५ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा महोत्सव लगाउने तयारी गरिएको छ ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म महोत्सव लगाउन तयारी थालेको छ ।
‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८०’ संचालन गर्न लागिएको छ ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि महोत्सवको आयोजना गर्न थालिएको संघका अध्यक्ष अभियान बस्नेतले जानकारी दिए ।
महोत्सव सञ्चालनका लागि १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै विभिन्न उपसमितिपनि गठन गरिएको महासचिव बसन्त न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
