२०८३ बैशाख १२ गते शनिवार

अभिभावकको घर-घरमा माबी सौडियारका अध्यक्षसहित शिक्षकहरु


घोराही,बैशाख ५ । ‘नमस्कार, हजुरका बच्चा कता पढाउनुहुन्छ, यसपाली माबी सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म नयाँ शिक्षकहरुले अग्रेजि माध्यममा पठनपाठन हुन्छ, हामिलाइ तपाईका बच्चा दिनुहोस ?’ भन्दै माबी सौडियार घोराही ७ का बिद्यालय ब्यबस्थापन समितीका अध्यक्षसहित शिक्षक कर्मचारी आइतबार विद्यार्थीका घरघरै पुगे ।

उनीहरु भर्ना अभियानको प्रचार गर्न त्यसरी नै जाने विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमको भनाई छ । दुई समुहमा बाडिएर भर्ना अभियान प्रचार प्रसार गाउँ गाउँमा सन्चालन भएको छ ।

एउटा समुहको नेतृत्व बिद्यालय ब्यबस्थापन समिति सदस्य जिउधन चौधरीको नेतृत्वमा प्रअ गौतमसहितको टाेलिले गर्नु भएको छ भने अर्को समुहको नेतृत्व शिक्षक सुधार अनुगमन समिती सदस्य लोकबहादुर कवरसहित बिद्यालयका नयाँ र पुराना शिक्षकहरुले गरेका छ्न ।

यो अभियान नियमितरुपमा केही दिन अझै चल्ने र अभिभाबकबाट सकारात्मक प्रतिकृया आएको र यसपाली अग्रेजि मिडियम सुरु भएपछि अभिभावकको आकर्षण थपिएको सहायक प्रअ यमलाल रिजाल बताए । सोमबारबाट सुरु भएको भर्ना अभियान डबरगाउँ, सुक्रवार, सिसहनियामा चलेको थियो ।

डबरगाउँ, सुक्रवार पुगेको टोलीमा सहभागी शिक्षक बामदेब पोखरेलका अनुसार पढाउँदै आएका र नयाँ बच्चाका अभिभाबकलाई छिटो भर्ना गर्न पठाउनुस् भनियो र बच्चा अन्त पठाउने अभिभावकलाई विद्यालयका सेवा सुविधाका बारेमा जानकारी दिइयो । पढ्न सक्नेलाई सुविधा लेखिएको पम्पलेट बाँडियो ।

‘घरघरै पुगेर हामीले कर्तव्य पूरा ग¥यौं’– सिसहनिया पुगेका बिब्यस सदस्य जिउधन चौधरीले भने– ‘धेरैले हाम्रो स्कुलमा पठाउनुहुँदोरहेछ । अन्त जानेले पनि यतै पठाउँछौं भन्नुभएको छ ।’

त्यस्तै शैक्षिक अनुगमन समिती सदस्य लोकबहादुर कुवरका अनुसार विद्यालयका विशेषताहरुका बारेमा जानकारी गराइयो । विद्यालयमा पढाउँदै आएका अभिभावकलाई कुनै सुझाव भए दिनुस् भनेर अनुरोध गरियो ।

बिहान १० बजे जम्मा भएर प्रचारमा निस्कने गरेको सहायक प्रअ गौतमको भनाई छ ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, बिब्यस सदस्य, शिक्षक, कर्मचारीसहित सबै पदाधिकारी प्रचारमा खटिने कार्यक्रम छ ।

केही शिक्षक भने विद्यालयमा भर्ना अभियानमा सहजिकरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *