२०८३ बैशाख १८ गते शुक्रवार

सबै धर्मप्रति समान सम्मान छः मेटमणि चौधरी


दाङ ,चैत २७ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक एवं पूर्वमन्त्री मेटमणि चौधरीले सबै धर्मप्रति समान सम्मान रहेको बताएका छन्।

लमहीमा इसाई धर्मावलम्बीद्वारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘मुलुक धर्मनिरपेक्ष भइसक्दासमेत जनताको आस्थाका आधारमा विभेद गरिएको छ। कतै इसाईलाई निषेध गरिएको त कतै बौद्ध मार्गीलाई। म हिन्दू, इसाई, बौद्ध सबै आस्था मान्ने नेपाली जनतालाई समान सम्मान गर्छु।’

इसाईहरूका लागि बजेट छुट्याउने आफू पहिलो सांसद भएको बताउँदै दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसदसमेत रहेका चौधरीले थपे, ‘मैले इसाई धर्मावलम्बीका लागि बजेट छुट्याउँदा अनेकखाले प्रतिक्रिया भए। विरोध भए। तर हिन्दूका लागि बजेट विनियोजित गर्दा भने केही प्रतिक्रिया आएन।’

नयाँ संविधानले जनतालाई धार्मिक स्वतन्त्रता दिएको बताउँदै उनले त्यसको सबैले कदर गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *