२०८३ बैशाख १६ गते बुधवार

२ करोड मागेको अडियोबारे अनुसन्धान हुन्छ ःगृहमन्त्री श्रेष्ठ

काठमाडौँ,चैत २७ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक भएको अडियोबारे अनुसन्धान हुने बताएका छन्।

सोमबार बिहान चितवनमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यापारी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियोबारेमा छानबिन हुने बताएका हुन्।

उनले अनुसन्धानबाट जे पुष्टि त्यहीअनुसार सरकार अगाडि बढ्नेसमेत बताएका छन्। गृहमन्त्री श्रेष्ठले भने, ‘२ करोडको कुरा आएको छ। त्यसलाई आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौँ। अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यहीअनुसार हामी अघि बढ्ने कुरा हुन्छ।’

अडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको हो।

रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ। यसैगरी, पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा.श्रेष्ठलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *