२०८३ बैशाख १८ गते शुक्रवार

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ,चैत २७ । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

संघीय संसद् सचिवालयले सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यक्रम छ।

यसैगरी, दोस्रो नम्बरमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *