२०८३ बैशाख १८ गते शुक्रवार

काँग्रेस महामन्त्री गगन थापा दाङ आउने

दाङ, चैत २४ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा दाङ आउने भएका छन् ।

२६ गते को जिल्ला सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा दाङ आउन लागेको जिल्ला सभापति शंकर डाँगीले जानकारी दिए ।

जिल्लाका एक सय वडा मध्ये ८८ वटा वडाको सम्मेलन, दशवटै पालिकाको सम्मेलन, प्रदेश निर्वाचन क्षेत्र सम्मेलन एकै साथ आयोजना गरिएको छ ।

क्षेत्रीय सम्मेलन पछि जिल्ला सम्मेलन गर्न लागिएको छ ।

चैत २६ गते विहान दश बजेदेखि घोराहीको वहुउदेश्य सभाहलमा जिल्ला सम्मेलन सुरु हुने सभापति डाँगीले बताए ।

पार्टीका भावि रणनिति तल्लो तहसम्म लैजाने र तल्लो तहदेखि आएका गुनासाहरुलाई जिल्ला सम्मेलनसम्म लगेर पार्टीलाई एक ढिक्का बनाएर जनभावना अनुरुप संचालन गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको सभापति डाँगीले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिको निर्देशन वमोजिम वडा सम्मेलनदेखि जिल्ला सम्मेलन सम्म गर्न थालिएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *