२०८३ बैशाख १६ गते बुधवार

दाङका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदको हस्ताक्षर

दाङ, चैत १२ । नेपाली काँग्रेसका नेता तथा दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित सांसद डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्य मन्त्री बनाउन माग गर्दै ५३ सांसदले हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर सभामुख कुलबहादुर घर्तीलाई आज नै बुझाउन लागिएको छ ।

आइतबार नै लुम्बिनीमा नेकपा माओबादी केन्द्रबाट मन्त्री बनेका सबै मन्त्रीहरु पदबाट राजिनामा दिएका छन् । माओबादीबाट तीन मन्त्री सहभागी थिए । तर मध्य एक जना बिना विभागिय मन्त्रीले भने पद स्वीकार गरेकी थिइनन् ।

त्यसतै आइतबार नै माओबादीसहित यसअघि एमालेका मुख्यमन्त्री लीला गिरीलाई समर्थन गरेका नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी, जनता समाजबादी पार्टी, एकीकृत समाजबादी पार्टीले समर्थन फिर्ता लिन लागेको स्रोतले जानकारी दिएको छ ।

उनीहरुले मुख्यमन्त्री गिरीलाई भेटेर समर्थन फिर्ता लिन थालेका हुन । प्रदेश प्रमुख अमिक शेरचन र सभामुख कुलप्रशाद घर्तीलाई बोदार्थ त्यसको जानकारी दिन लागिएको छ ।

पुस २७ गते नेकपा एमालेका स्थायी कमिटी सदस्य रुपन्देहीका लीला गिरी माओबादी लगाएत साना दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

लुम्बिनीमा ८७ जना सांसदहरु छन् ।
त्यसैले नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७ , माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४ ÷ ४, जनमत पार्टी र जसपाका ३ ÷ ३ , नेकपा एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।

लुम्बिनीमा निर्वाचित ३ स्वतन्त्र सांसद मध्य यसअघि नै दुई जना सांसद माओबादीमा पार्टी प्रबेश गरि सकेका छन् । थप एकजना स्वतन्त्र सांसदको पनि हस्ताक्षर शंकलनको काम अगाडि बढाइएको स्रोतले जानकारी दिएको छ ।
लुम्बिनीमा एमाले र राप्रपा बाहेक अन्य सबै दल एकातर्फ लागेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *