२०८३ बैशाख १८ गते शुक्रवार

प्रमोद भण्डारीको समुहलाई मतदान गर्न काँग्रेसको अपिल

तुलसीपुर, चैत ६ । राप्ती बबई क्याम्पस तुलसीपुरमा यहि चैत ७ गते हुने स्ववीयु निर्वाचनमा नेपाल विद्यार्थी संघका आधिकारीक उमेदवार प्रमोद भण्डारीको समुहलाई मतदान गर्न अपिल गरिएको छ ।

तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघको आधिकारीक उम्मेदवार भण्डारी भएको र भण्डारीलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति दाङले बनाएको टिकट वाँडफाड सम्यन्त्रले फागुन २५ गते आधिकारीक उमेदवार भनि निर्णय गरिएको पत्रकार समेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै सोहि सम्वन्धमा केहि असमझदारी उत्पन्न भई विद्रोही उम्मेदवार तयार भैसकेपछि सो विषयलाई मिलाउनका लागि चैत ४ गते नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चाौधरी
को प्रमुख आतिथ्यता एव केन्द्रिय सदस्य गेहेन्द्र गिरीको विशिष्ट आतिथ्यमा जिल्ला प्रदेश, नगर, नेविसंघका प्रतिनिधिहरु वसी थप छलफल गरि भण्डारी समुहलाई नै आधिकारीक उम्मेदवार माने र सहयोग गर्ने भन्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार समेलनमा बोल्दै दाङ क्षेत्र नं. ३ क का सभापति देवेन्द्र रिजालले नेपाल विद्यार्थी संघ इकाई राप्ती बबई क्याम्पस तथा सवैको सल्लाहर सुझाव पछि भण्डारीलाई उम्मेदवार बनाएको बताए ।

‘हामीहरुले सवैलाई सोधेर सल्लाह अनुसारनै भण्डारीलाई टिकट दिएको हो,सवैका माझ लोकप्रियछ भन्ने हामीले सुझाव पाएका थियौ उनले भने ।’

त्यस्तै काँग्रेस नेता शंकर गिरी, केशव आचार्यलगायतले आधिकारीक पाटिले गरेको निर्णयलाई सवैले मानु पर्ने भन्दै भण्डारी समुहलाई विजय गराउन आग्रह गरे ।

पत्रकार समेलनको सहजिकरण नगरसचिव सुसिल वलीले गरेका थिए

साथै नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्का,नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ क का सभापति देवेन्द्र रिजाल र नगर सचिव सुशिल ओलीले संयुक्त विज्ञप्ती प्रकाशित गरि आधिकारीक भण्डारी समुहलाई विजयी बनाउनका लागी नेपाली काँग्रेसका पार्टि नेता, कार्यकर्ता, एवं सम्पूर्ण भातृसंघ संस्थालाई सहयोग गर्न हार्दिक अपिल समेत गरेका छन् ।

त्यसैविच स्ववीयु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाष लामिछानेलाई नेपाल विद्यार्थी संघले ने.वि. सघं जिल्ला कार्यसमिती दाङले कारवाही गरेको छ ।

आसन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कतै गठवन्धन त कतै एकल रुपमा चुनावी मैदानमा होमिएको बेला संगठनकै जिम्मेवार व्यक्तिले संगठनको नीति विपरित रहेको भन्दै स्ववियु
सभापति पदमा नेविसंघका आधिकारीक उम्मेदवार विरुद्ध संगठनकै जिल्ला सदस्य प्रभाष लामिछानेले बागी उम्मेदावारी दिएर सिंगो संगठनलाई अहित हुने कार्य गरेकाले लामिछानेलाई जिल्ला सदस्य पदबाट मुक्त गरि कारवाहि गरिएको दाङ जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जारीगरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै स्ववियु निर्वाचनमा नेविसंघका आधिकारीक उम्मेदवार प्रमोद भण्डारी रहेको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *