तुलसीपुर,चैत ५ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सदस्य बाहेक अखिल संयुक्तको प्यानल बिजयी भएको छ ।
अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी बिजयी भएका हुन ।
उनका निकटमत प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्धार अजयप्रताप चोबेले ६१ र नेबिसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरेका थिए ।
१९७ मतदाता रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार