२०८३ बैशाख १६ गते बुधवार

राप्ती बबई क्याम्पसमा चैत ७ गते स्ववियु निर्वाचन हुने

तुलसीपुर,चैत ५ । राप्ती बबई क्याम्पस तुलसीपुरमा स्ववियु निर्वाचन चैत ७ गते हुने भएको छ ।

चैत ४ गते शनिवार क्याम्पसको निर्वाचन कार्यालयमा नेविसंघ र क्याम्पस प्रशासनमा अनेरास्ववियूले ताला लगाएपछि आज हुने स्ववियु निर्वाचन स्थगित भएको थियो ।

आइतवार क्याम्पस प्रशाासन,विद्यार्थी संगठनका प्रतिनिधि,क्याम्पस व्यवस्थापन समिती तथा राजनितिक दलका प्रतिनिधिहरु विच भएको छलफलमा सहमती जुटेपछि चैत ७ गते चुनाव गर्ने निर्णय भएको निर्वाचन अधिकृत टेकन प्रसाद कंडेलले जानकारी दिए ।

छलफलमा भएको सहमती अनुसार चैत ६ गते साँझ ४ वजेसम्म परिचयपत्र वनाउनुपर्ने विद्यार्थीका लागी समय तोकिएको छ ।

चैत ७ गते विहान ८ वजेदेखि शुरु हुने निर्वाचनामा क्याम्पसको परिचयपच सहित नेपाल सरकारवाट जारी भएको नेपाली नागरीकताको प्रमाणपत्र,सवारीचालक अनुमतिपत्र,मतदाता परिचयपत्र,राहदानी तथा कक्षा १२ उतिर्ण हुँदाको प्रवेशपत्र अथवा ट्रान्सकृप्ट मध्य कुनै एक कागजात अनिवार्य साथमा ल्याउनुपर्ने निर्वाचन अधिकृत कंडेलले जानकारी दिए ।

मतपत्रमा सगंठनको नाम लेख्न पाउनुपर्ने माग राखेर नेवि संघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो भने नाम लेख्न नहुने भन्दै अनेरास्ववियूले क्याम्पस प्रशासनमा शनिवार तालाबन्दी गरेको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *