२०८३ बैशाख १६ गते बुधवार

विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

काठमाडौँ ,चैत ५ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पुस २६ मा विश्वसासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सोमबार पुष्पकमल दाहालले विश्वासको मत लिन लाग्दैछन् । कांग्रेस आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको संख्याबारे पनि सोमबारबाट ठोस छलफल हुने उनले बताए ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *