२०८३ बैशाख १६ गते बुधवार

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउने जसपाको निर्णय

काठमाडौँ,चैत २ । जनता समाजवादी पार्टी, नेपाल ९जसपा०ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य ९सांसद० बनाउने भएको छ ।

पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।
उनी सप्तरी निवासी हुन् ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी थिइन् ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *