२०८३ बैशाख १७ गते बिहिवार

चितुवाको आक्रमणबाट २ जना घाइते

कास्की,चैत १ । पोखरामा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका छ्न्। पोखरा महानगरपालिका-१८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका हुन्।

घाइते हुनेमा फर्ममा कार्यरत २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सना रहेका छन्।

घाइते ठकूरीको स्थानिय मेडिकलमा उपचार गरिएको छ। तिमिल्सनाको पोखरा मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ। दुवै घाइतेको अवस्था सामान्य रहेको परिवारले जनाएको छ।

आक्रमणबाट फर्ममा रहेका दुईवटा कालिज समेत मरेको छ।

चितुवालाई नियन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी र वन कार्यालयको टोली खटिएको थियो। आक्रमणपश्चात झाडीमा पसेको चितुवा भने मृत अवस्थामा भेटिएको छ।

मृत चितुवालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *