२०८३ बैशाख १९ गते शनिवार

चिनियाँ प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउँदै

काठमाडौं ,फागुन २८ । चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेडका उपाध्यक्ष झाङ साओगाङ चार दिने नेपाल भ्रमणमा आउने भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार झाङ मार्च १२ देखि १५ गतेसम्म नेपाल भ्रमणमा रहनेछन् । उपाध्यक्ष झाङ नेपाल उद्योग परिसंघको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले सिएनआइका अधिकारीसँग भेटघाट गर्नुको साथै नेपाल–चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रि र चिनियाँ उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *