२०८३ बैशाख १५ गते मङ्गलवार

‘म मन्त्री भएपनि नभएपनि दाङको बिकास लागि संधै लडिरहने छु’ – दीपक गिरी

शान्तिनगर,फागुन २६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद दीपक गिरीले अव केही दिनमै काँग्रेस सरकारमा जाने बताएका छन् ।

शान्तिनगरको बैसामा शुक्रबार भएको नेपाली काग्रेस दाङ क्षेत्र न. ३ (२) को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता गिरीे काँग्रेसका नेताहरुको धैरेता र दुरदर्सी निर्णयका कारण राजनीतिले कोल्टे फेरेको चर्चा गरे ।

‘ यो ठूलो उपलब्धि हो,’ उनले भने ‘ पछिल्लो राजनीतिक परिवर्तनबाट काँग्रेसका कार्याकर्ता मात्रै हैन आमनागरिक उत्साहित बनेका छन् ।’

नेपालको तेस्रो राष्ट्रपतिमा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न चेलखेलहरु चिर्दै निर्वाचित हुनु ठूलो उपलब्धि भएको उनले बताए ।

पौडेल राष्ट्रपति भए संगै लोकतन्त्र, राष्ट्रियता अखण्डता र गणतान्त्रिक सविंधानको रक्षा हुने नेता गिरीको दाबी थियो ।

आमनागरिकलाई केन्द्रमा राखेर एक असल नेताले त्याग र निष्ठाको राजनीति गर्न सक्नु पर्ने उनले बताए ।

काँग्रेसले मात्रै देशको विकास गर्न सक्ने दाबी गरेका उनले आँफु मन्त्री भएपनि नभएपनि समग्र दाङको विकासका लागि संधै लडिरहने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी,लुम्बिनी प्रदेशका निर्वतमान संसाद शंकर गिरी ,नेता महादेब शाह,नेता केशब आचार्य,नेता नहकुल केसी लगायतले काँग्रेसलाई संगठित गरेर अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमलाई जिल्ला सभापति शकरप्रसाद डाँगी,सचिब बालिका लम्साल, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खडका, दलित संघ लुम्बिनी प्रदेश सभापति जोगेन्द्र विश्ववकर्मा,महाधिवेशन प्रतिनिधि देबिका नेपाली, सुशीला आचार्य, तरुण दल दाङका अध्यक्ष टीका घर्ती ,महाधिवेशन प्रतिनिधि सुष्मा गिरी, टोपबहादुर केसी, क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल, नेपाली काग्रेस दाङका सचिब बालिका लम्साल,काँग्रेस दाङका पूर्ब सहसचिब सुरेन्द्र खडका,सदस्य गेहेन्द्र वली, पदमा चौधरी , दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री,शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगायतले लोकतान्त्रिक पार्टी भएको नाताले विधि र बिधान अनुसार सबै नेता कार्यकर्ता चलायमान हुनुपर्ने बताएका थिए ।

कार्यक्रमलाई शान्तिनगर गाउँपालिका सभापति झलक केसी , बबईका सभापति प्रकाश बस्नेत , क्षेत्रीय प्रतिनिधि सितारा नेपाली, पूर्ब जनप्रतिनिधि जनादर्न शर्मा, तरुण दल दाङका सदस्य पारस डाँगी लगाएतले सम्बोधन गरेका थिए ।

काग्रेस दाङ क्षेत्र ३ (२)का सभापति खिमबहादुर वलीको सभापतित्वमा भएको कार्यक्रममा सांगठनिक प्रतिबेदन सचिब लेवाराम आचार्य र आर्थिक प्रतिबेदन कोषाध्यक्ष टोपेन्द्रा खड्काले प्रस्तुत गरेका थिए ।

शान्तिनगरका उपसभापति फर्साराम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिब भद्रबहादुर खडकाले गरेका थिए ।

कार्यक्रममा पूर्ब जनप्रतिनिधि र पार्टीमा योगदान गरेका विभिन्न नेता सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *