शिवराज खनाल,दाङ,फागुन २० । राष्ट्रपति पदका लागि फागुन २५ गते हुन थालेकाे निर्वाचनमा राजनीतिक दलकाे तर्फबाट उम्मेदवार भएका रामचन्द्र पाैडेललाइ निर्वाचित गराउन प्रदेश सभा सदस्यहरुका लागि अभिमुखिकरण कार्यक्रम दाङको भालुबाङमा सम्पन्न भएको छ ।
आठ दलीय गठबन्धनले शुक्रबार लुम्बिनी प्रदेशका आठै दलका सांसदहरुलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिङ पुनले रास्ट्रपति पद देशको महत्त्वपूर्ण पदभएको र उक्त स्थानमा देश र जनताको लागि चाइने पद भएकाले तेस्को उपयुक्त ब्यक्ति रामचन्द्र पौडेल भएको बताए ।
त्यस्तै माओबादिका चक्रपाणि खनालले देशकै अभिभावक राम चन्द्र पौडेल बन्न सक्ने भएकाले सबैले आफ्नो मत पौडेल लाई नै दिन अनुरोध गरे ।
नेपाली काङ्ग्रेसका प्रदेश संसदिय दलका नेता डिल्ली चौधरीले हामी आआफ्नो दलमा बाधिएका छौ । अब त्यो घेरा ८ दल सम्म पुग्नु पर्ने बताए
त्यस्तै नागरिक उन्मुक्ति पार्टिका धर्म चौधरीले अब पनि हामी गल्ती गरौ भने देश नै नरहने भएकाले सबै जिम्मेवार भएर गठबन्धनका उम्मेद्वार लाई मतदान गरि जिताउन अनुरोध गरे ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सबै सांसदहरु उपस्थिति हुन रहेका थिए ।
त्यस अबसरमा सहभागी सांसदहरुलाई ८ दलीय गठवबन्धनका शीर्ष नेताहरुले संवोधन गरेका थिए ।
नेपाली कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका नेता पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । कार्यक्रममा बोल्दै ८ दलकै नेताहरुले प्रदेश साम्सद हरुलाइ इमानदारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेका छ्न ।