दाङ, फागुन १८ । नेकपा माओबादी केन्द्रमा लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महराले पार्टी भित्रैबाट घेराबन्दीको सामना गरिरहेका छन् । बाँकेबाट निर्वाचित कृष्णा केसीले सुरुमा महरा बिरुद्ध सार्वजनिक रुपमै बिरोध जनाउन सुरु गरेकी थिइन ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी तोकिएदेखि नै उनी असन्तुष्ट बन्दै उक्त पदबाट राजिनामा बुझाएकी थिइन । यद्यपी उनको राजिनामा भने हालसम्म पनि स्वीकृत भएको छैन । त्यसपछिका हरेक प्रदेश सरकारका कार्यक्रमहरु उनले बहिस्कार गर्दै आएकी छन् ।
पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका लिला गिरीले २८ गते आफूले सपथ लिँदा नेकपा माओवादी केन्द्रबाट बाँकेबाट निर्वाचित केसी र अर्घाखाँचीबाट निर्वाचित एमाले सांसद चेतनारायण आचार्यलाई विनाविभागीय मन्त्री बनाएका थिए।
त्यसको ठिक एक महिनापछि माघ २८ गते मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद् विस्तार गरी प्रदेश सरकारलाई पूर्णता दिएपनि केसीले असन्तुष्टि जाहेर गर्दै पदबाट राजिनामा दिएकी थिइन ।
केसीले संसदीय दलका नेता महराले पार्टीको पद्धतिविपरीत स्वइच्छाचारी ढंगले लाद्न खोजेको कुरा गलत भएको भन्दै आँफुले बिरोध गर्नु परेको बताउँदै आएकी छन ।
दाङको निर्वाचन क्षेत्र नं। ३ ९२० बाट निर्वाचित माओबादी केन्द्रीय सदस्य धनबहादुर मास्कीले महराको बिरोधमा उत्रिएका छन् ।
उनले स्वच्छाचारी रुपमा चल्ने दलका नेता महराले नैतिक हिसावले आफ्नो पदिय हैसियत गुमाइ सकेको बताए । पार्टीको बिधि नियम भित्र रहेर काम गर्नु पर्नेमा संसदीय दलका नेता महराले ती सबै प्रक्रिया कुल्चिएको हुँदा उनी संसदीय दलको नेता हुन लाइक नरहेको उनको दाबी छ ।
सबैलाई समेटदै पार्टीलाई समाबेसी बनाउन लाग्नु भन्दापनि दलका नेता मनोमानी ढंगले अगाडि बढ्न खोजेको हुँदा समस्याहरु जन्मिएको उनले बताए ।
संसदीय दलका नेता महराले जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न नसकेको हुँदा प्रश्नहरु पैदा भएको उनले बताए ।
अब दल नेता महरा उक्त पदमा रहिरहन उपयुक्त पात्र हैन भन्ने आँफुहरुको निष्कर्ष रहेको उनले बताए । माननीय कृष्णा केसीले पनि मन्त्रीको लाचल नगरी पदबाट राजिनामा दिएर पार्टी भित्र बिधि र पद्धतीको कुरा उठाउँदै आएको कुरा जायज रहेको सांसद मास्कीले बताए ।
तपाँईको पार्टी भित्र रोल्पा र रुकुम फ्याक्टर को हाबी हुने भन्ने कुरा हो ? भन्ने प्रश्नमा उनले त्यो स्वीकार्न तयार भएनन् । बरु उनले पार्टी भित्र गलत प्रबृति हाबी हुन नदिएको र त्यस्को नेतृत्व आँफुले गरेको तर्क गरे । उनले पार्टी भित्रको होस वा बाहिरको कुनैपनि गलत र अतिवादका बिरुद्ध लड्ने बताए ।
हल्लाहरुका अनुसार लुम्बिनीमा नेता जनार्दन शर्माको लाइन हाबी हुने वा कृष्णबहादुर महरा वा बर्षमान पुनको लाइन हाबी बन्ने कुराले पार्टी भित्र भुसको आगो सुरु भएको स्रोत बताउँछ । यतिखेर लुम्बिनीमा माओबादीका दश सांसदहरु छन् । स्रोतका अनुसार झन्डै सातजना पार्टी संसदीय दलका नेता महराको बिरुद्धमा मोर्चाबन्दीमा डटेर उत्रिएका छन् । जोखबहादुरको समर्थनमा दाङको क्षेत्र नं.१ ९१० बाट निर्वाचित सांसद तथा भौतिक पूर्वाधार बिकास मन्त्री इन्द्रजीत थारु मात्रै रहेको स्रोत दाबी गर्छ ।
मन्त्रीपदबाट राजिनमा दिएकी बाँकेकी कृष्णाले उतिखेर थारुको मन्त्रालय रोजेको र त्यो नपाउँदा उनले सुम्पिएको मन्त्रालय नै अस्विकार गरेको चर्चाहरु हुँदै आएका छन् । यद्यपी त्यो कुरा केसीले अस्विकार गर्दै आएकी छन् । मन्त्री थारुले यसअघि केसीको कदम प्रति कटाक्ष गर्दै केसीलाई मुख्यमन्त्री नै चाहिएको हुन सक्ने बताएका थिए ।
मन्त्री थारु यसअघि पनि स्वास्थ्य मन्त्री थिए । पटक÷ पटक एउटै ब्यक्तिलाई अवसर प्रदान गरेको हुँदा पार्टी भित्र असन्तुष्टि बढेको पार्टीकै केही नेताहरुको बुझाई छ । हाल आएर पार्टी भित्र असन्तुष्टि चुलिनुमा यसअघिका मुख्य मन्त्री कुलप्रशाद केसीलाई कतिपयले कारणका रुपमा चित्रण गरे ।
यो बिशयामा माओबादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री सुर्दशन बरालले संसदीय दलका नेताको भूमिका बारे पार्टी भित्रै असन्तुष्टिहरु उत्पन्न भएको स्वीकार गरे । यो बीचमा बैठकपनि बस्न नपाइएको हुँदा केही असन्तुष्टिका बिशयहरु बारे स्पष्ट पार्ने योजनामा संसदीय दलका नेता महरा रहेको उनले बताए ।
संसदीय दलको नेता फेर्नु पर्छ भन्ने बारे हालसम्म कसैले पनि आधिकारिक रुपमा नभनेको भएपनि संसदीय दलको नेता चुन्ने क्रममा कतिपय अन्य साथीहरुले पनि त्यसमा चाहाना ब्यक्त भने गरेको उनको जबाफ थियो । रोल्पा र रुकुम फ्याक्टर बिभाजित हुन खोज्दा यो समस्या उत्पन्न भयो भन्ने छ नि ? यसबारे के भन्नु हुन्छ ? भन्ने प्रश्नमा – प्रदेश अध्यक्ष बरालले त्यस्तो केही भएको कुरा आँफुले थाहाँ नपाएको जबाफ दिए ।
उनले यो बीचमा एकजना स्वतन्त्र सांसद पार्टीमा प्रबेश गरेको र अब रुकुमबाट निर्वाचित स्वतन्त्र सांसद संग पनि त्यस बिशयमा छलफल चलिरहेको जानकारी दिए ।
रोल्पाबाट निर्वाचित महरा पुस १८ गते सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका थिए ।
उनी यसअघि लामो समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०को सचिवालयमा बसेर काम गरेका नेता हुन । त्यस्तै दाङबाट निर्वाचित धनबहादुर मास्कीपनि पूर्व माओबादी सेनाका डिभिजन कमाण्डर हुन ।