२०८३ बैशाख १६ गते बुधवार

नेविसंघ संस्कृत विश्वविद्यालय बेलझुण्डीको सभापतिमा पौडेल चयन

तुलसीपुर,फागुन १७ । नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय (विश्वविद्यालय विद्यापीठ) बेलझुण्डीको इकाई सभापतिमा हरिश चन्द्र पौडेल चयन भएका छन ।

संघको बुधबार सम्पन्न भएको भेलाले पौडेलको सयोजकत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले उपसभापतिमा शम्भु रिमाल,सचिबमा केशब प्रसाद उपाध्याय,काेषाध्यक्षमा त्रिभुवन न्यौपानेलाई चयन गरेको छ ।

त्यस्तै संघको सदस्यहरुमा गोजराज भट्ट,मोहनलाल रिजाल,राधेश्याम डुम्रे गरिएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रिय प्रतिनिधि शिबराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेविसघ दाङका सभापति कुलराज पोख्रेल, नेपाल विद्यार्थी संघ दाङका नेता बिदुर गौतम ,जनता बिधापीठ बिजौरीका इकाइ सभापति उमेश उपाध्याय लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *