२०८३ बैशाख १८ गते शुक्रवार

लुम्बिनीको प्रदेश सभाको बैठक आज

 

दाङ,फागुन १७ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ।करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

 

एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले सम्भवतः आजै सरकारको समर्थन फिर्ता लिने तयारी गरेको बताए ।

यद्यपि लोसपा र नागरिक उन्मुक्ति भने सरकारमा सहभागी छैनन् । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् ।

 

 

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *