२०८३ बैशाख १६ गते बुधवार

राष्ट्रपति चुन्न संघीय संसदका ३ सय ३१ र प्रदेशका ५ सय ५० सांसदले मतदान गर्ने

काठमाण्डौ ,फागुन १० । राष्ट्रपतिको चुनावका लागि संघीय संसदका ३ सय ३१ सांसद र प्रदेश सभाका ५ सय ५० सदस्यले मतदान गर्ने भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले राष्ट्रपति चुनावका लागि आज नामावली सार्वजनिक गरेको हो ।

संघीय संसदका ३ सय ३४ सांसदमध्ये चितवन–२ रिक्त रहेको छ । त्यस्तै निलम्बित सांसद टेकबहादुर गुरुङले पनि मतदान गर्न नपाउने भएका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीको नाम पनि राष्ट्रपति चुनावको मतदाता नामावलीमा समावेश छैन ।

फरार सूचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको नाम भने मतदाता नामावलीमा समावेश छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *