दाङ, फागुन २४ । मापदण्ड बिपरितका ग्यास सिलिण्डर बिक्रीमा रोक लगाउन नागरिक समाज दाङले माग गरेको छ ।
आइतबार बसेको समाजको बैठकले ग्यास दुर्घटना रोक्न मापदण्ड विपरितका ग्यास सिलिण्डर, रेगुलेटर, पाइलगायतका सामग्रीको बिक्री बितरणमा रोक लगाउन सम्बन्धित निकायसँग माग गरेको सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।
समाजका अध्यक्ष केवी मसालको अध्यक्षतामा बसेको बैठकले लागुपदार्थ ओसारपसारमा रोक लगाउन पनि माग गरेको छ ।
लागुपदार्थ दुव्र्यसनको समस्या बिकराल बन्दै गइरहेको तर्फ ध्यानाकर्षण भएको जनाउँदै संघले यस विषयमा सचेतना फैलाउनुका साथै ओसारपसारका रोक लगाउन तदारुपता देखाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका दाङ देउखुरी क्षेत्रका जग्गा लामो समयसम्म रोक्का हुँदा नागरिकहरुले सास्ती भोगेकोतर्फ ध्यानाकर्षण भएको जनाउँदै बैठकले जग्गा फुकुवा गर्न प्रदेश सरकारसँग माग गरेको सचिव श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकले चौघेरा गुठीस्थित गुरुकुलमा आगलागी हुँदा पठनपाठन समस्या भएकाले राहतका लागि जिल्ला बिपत व्यवस्थापन समिति र स्थानीय तहलाई आग्रह गरेको छ ।