दाङ,माघ २८ । लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्।
शपथ ग्रहण गरेकाे एक महिनासम्म जिम्मेवारी नताेकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्राेतले जनाएको छ।
तर यस बारेमा केसीसँग सम्पर्क हुन सकिरहेकाे छैन। उनले कुनै जवाफ दिएकी छैनन्।
मुख्यमन्त्री लुम्बिनीमा छन्। त्यही पुगेर राजीनामा बुझाएको बताइएको छ।
मन्त्रालय बाँडफाँड र अब ताेकिने जिम्मेवारीमा केसी असन्तुष्ट रहेकाे बुझिन्छ। उनलाई भाैतिक पूर्वाधार मन्त्रालय चाहिएकाे, उनकाे जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उनी असन्तुष्ट रहेकाे स्राेतले बताएको छ।
भाेलि लुम्बिनीमा नवनियुक्त मन्त्रीकाे शपथकाे तयारी छ।
प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार