काठमाडाैँ,माघ २८ । नेकपा माओवादी केन्द्रले पोलिटब्यूराे समिति खारेज गरेको छ।
गत माघ १२ देखि २२ सम्म बसेको स्थायी समिति बैठकले पोलिटब्यूराे समिति खारेज गर्ने प्रस्ताव गरेको थियो। साेही प्रस्तावलाई बिहीबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।
गत असार २३ मा बसेको केन्द्रीय समिति बैठकले १२५ पूर्ण र ३१ वैकल्पिक गरी १५६ सदस्यीय पोलिटब्यूरो समिति गठन गरेको थियो।
पोलिटब्युरो संरचना ३१ वर्षपछि हटाइएको हो। माओवादीले पार्टी राजनीति सुरु गरेदेखि पहिलो पटक संरचना हटाउने निर्णय गरेको हो।
माओवादी २०६२/२०६३ काे जनआन्दाेलनपछि शान्ति प्रक्रियामा आएपछि पनि पोलिटब्यूराे संरचना कायमै थियो। त्यसबेला १२ सदस्यीय पोलिटब्युराे समिति बनाइकाे थियाे।
माओवादीका एक नेताले केही समयका लागि मात्र पाेलिटब्यूराे समिति हटाइएकाे र केही समयपछि फेरि राख्न सकिने बताए।
प्रकाशित मिति : २०७९ माघ २८ गते शनिवार