२०८३ बैशाख १८ गते शुक्रवार

राष्ट्रियसभा उपनिर्वाचनका लागि घोराहीमा मतदान सुरु

घोराही, माघ २५ । लुम्विनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि घोराहीमा मतदान सुरु भएको छ ।

 

घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

दिउँसो ३ बजेसम्म मदानको समय तोकिएको छ । सुरुमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले मतदान गरेका थिए ।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुखरउपप्रमुखका लागि मतदानस्थलमा दूई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’ मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुका लागि मतदानको व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहनुभएको छ । जसमध्ये प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने गर्छ ।
लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । ती मध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ।

 

एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २ ÷ २ तथा राप्रपा र जनता प्रगतिशीलले १ ÷ १ स्थानमा जितेका छन ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४ ÷ ४, जसपा, लोसपा र जनमतले ३ ÷ ३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १ ÷ १ सिट जितेका छन् ।

यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन । तीन जनाले जितेपनि फेरि एक जना माओबादी केन्द्रमै फर्किएका छन् ।
उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उनमुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहेका छन् ।

दशौदी र आचार्य रोल्पाका हुन भने रायको पुर्खेउली घर सल्यान हो । उनी गत मंसिर ४ गते भएको निर्वाचनमा एमालेबाट सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा भिडेका थिए । त्यसअघि उनी राप्रपा, लोसपा लगाएका दलहरुबाट पनि निर्वाचन लडेका थिए ।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि बिहीबार उपनिर्वाचन भइरहेको हो ।

 

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *