२०८३ असोज २९ गते बिहिवार

९५ वटा कम्पनीको सेयर मूल्य घट्यो, १०४ वटाको बढ्यो

काठमाडौं‌, माघ २३ । सेयरबजारमा आज झण्डै डेढ अर्बको सेयर किनबेच भएको छ।

नेप्से सूचक ४।६२ अंकले बढे पनि ९५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १०४ कम्पनीका सेयरधनीले आम्दानी गरेका छन्।

त्यस्तै १७ वटाको मूल्य उही छ। आज २५९ कम्पनीको ३९ लाख २२ हजार कित्ता सेयर बिक्री भएको हो।

आज आदर्श लघुवित्तका सेयरधनीले कमाए पनि अन्य कम्पनीका लगानीकर्ताले उल्लेख्य आम्दानी गर्न सकेनन्। सोमबार लगानीकर्ताहरुले ९।५८ प्रतिशतसम्म गुमाएका छन्।

सर्वाधिक कारोबार भने आज एनआईसी एसिया बैंकको भएको छ। बैंकको ६ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको हो।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *