कास्की,माघ १५ । कास्कीको पोखरामा एक युवाले आत्मदाहको प्रयास गरेका छन्।
जिल्लाको पोखरा–१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए।
भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउने वित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ।
आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।
कृष्णबहादुर क्षेत्री बाथरुप भित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि संगीता सापकोटा उनलाई बचाउन जाँदा दुवै जना जलेको एक स्थानीयको भनाइ छ ।
प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार