तुलसीपुर,पुस २० । तुलसीपुरको एक घरबाट करिब साढे चार तोला बराबरको सुन चोरी भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ६ स्थित गणेश टोल निवासी तुलसीराम वलीको घरबाट सुनका गरगहना चोरी भएको हो ।
बुधबार दिउँसो ३ बजेर २० मिनेटमा वलीको घरको माथिल्लो तलाको कोठाबाट चोरले दराज फोडेर सुनका गरगहना चोरी गरेको हो ।
चोरले १२ आनाको छड्के तिलहरी एक थान, १२ आनाको कालो मंगलसूत्र एक थान, १० आनाको बाला दुई थान, २ आनाको चन्द्रमा एक थान, ३ आनाको टप दुई थान, ५ आनाको झुम्का दुई थान, १ तोलाको सिक्री एक थान, ४ आनाको बाला दुई थान र ८ आनाको औंठी एक थान चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
चोरले घरमा केही नभएको समयमा मौका छोपेर सुनका गरगहना चोरेको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
