२०८३ असोज ३० गते शुक्रवार

तुलसीपुर महोत्सवमा आज खेम सेन्चुरी आउदैं

तुलसीपुर,पुस १० । मंसिर २५ गतेदेखि तुलसीपुरमा जारी लुम्बिनी प्रदेश स्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवमा दिन प्रतिदिन दर्शकहरुको घुईचो बढ्दो क्रममा छ ।

महोत्सवको १५औँ दिन आइतबार लोकदोहोरी गायक खेम सेन्चुरीसहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजक यूथ्स अफ तुलसीपुरले जनाएको छ ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ ।

महोत्सव पुस ११ गतेसम्म सञ्चालन हुने आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *