दाङ, भदौ २८ । बाँके प्रहरीले लागु औषध मुद्दाका एक फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
१५ बर्ष ९ महिना कैद र ५ लाख जरिवाना तोकिएका बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ का ५० बर्षीय बखत यादब भनिने भगेलु कलवारलाई पक्राउ परेका छन् ।
जिल्ला अदालत बाँकेले गत बर्ष चैत २६ गते लागु औषध मुद्दामा कलवारलाई १५ बर्ष ९ महिना कैद र ५ लाख जरिवानाको फैसला सुनाएको थियो ।
अदालतको फैसला पछि फरार रहँदै आएका कलवारलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।
कलवारलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशले फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार