२०८३ बैशाख ४ गते शुक्रवार

टरिगाउँ एयरपोर्टको लागि २ करोड बजेट बिनियोजन भइसकेको छ – राज्य मन्त्री हिराचन्द्र केसी

तुलसीपुर, असार २६ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको विस्तार र विकासका लागि दुई करोड बजेट बिनियोजन भएको बताएका छन् ।

आइतबार रिपोर्ट क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजबादीका नेतासमेत रहेका राज्य मन्त्री केसीले संधै चर्चामा रहँदै आएको र सबैले राजनीतिको नारा बनाउँदै आएको टरिगाउँ एयरपोटको विस्तार र विकाशमा भूमिका खेल्ने उनले बताए । ्

पर्यटन मन्त्रालयपनि आफ्नै पार्टीका ब्यक्ति रहेको हुँदासमन्वय गरेर भएपनि टरिगाउँ एयरपोर्टको विस्तार तथा ब्यबस्थि गर्ने सवालमा कुनै कसुर बाँकी नराख्ने उनले बताए ।

‘ यसपटक अर्थमन्त्रालयबाट टरिगाउँ एयरपोर्टको स्तरबृद्धिका लागि दुई करोड बजेट बिनियोजन भइसकेको छ,’ केसीले भने ‘ अब छिट्टै टेन्डर प्रक्रियामा गरेर धावन मार्ग विस्तार लगाएको काम हुने छ ।’

दाङको एक मात्र एयरपोर्टलाई ब्यवस्थित बनाउन तथा धावन मार्ग विस्तारका लागि आवश्यक पर्ने थप बजेट ब्यबस्थापन गर्न समेत भूमिका खेल्ने उनले बताए ।

गत निर्वाचिनमा नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नं। ३ बाट निर्वाचित संघीय सांसद केसीले तुलसीपुर–घोराही चार लेन सडक निर्माणको काम छिटो पुरा गर्नको लागि सम्बन्धित सरोकारवालाहरुलाई ताकेता गरिने बताए ।

‘ आज समयममै सडक नबन्दा २० मिनेटको बाटोमा ४५ मिनेट लाग्ने अवस्था छ,’ उनले भने ‘ जनताले पाइरहेको कठिनाई अन्त्य गर्न सरोकारवाला सबैलाई घच घच्याइने छ ।’

स्थानीय मतदाताको चाहाना अनुरुप अन्य मन्त्रालय संग समन्वय गरि आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको विकाशमा भूमिका खेल्नेपनि उनले बताएका थिए ।
उनी राज्य मन्त्री भएपछि पहिलो पटक गृह नगर तुलसीपुर आएका हुन ।

राप्ती प्रादेशिक अस्पतालाई ५० बेडबाट २ सय बेडको बनाउँछौं
राज्य मन्त्री केसीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई ५० बेडबाट स्तरबृद्धि गरि दुई सय बेडको बनाइने बताएका छन् ।

केसीले राप्ती प्रादेशिक अस्पताल हाल ५० बेडमा सञ्चालन हुँदै आएको भएपनि यसको क्षेमता बढाएर कम्तिमा डेढ सयदेखि दुई सय बेड क्षमताको बनाइने बताएका हुन ।

‘ सञ्चालक समितिका पदाधिकारीकाले मलाई अस्पताल रिफर सेन्टरको रुपमा मात्रै परिचित हुन थालेको भनेर चिन्ता जाहेर गर्नु भएको छ,’ स्वास्थ्य राज्य मन्त्री केसीले भने ‘ प्रदेश मातहतमा अस्पताल सञ्चालन भइरहेपनि संघीय सरकारको तर्फबाट समन्वय गरि अस्पताललाई सुबिधा युक्त बनाउने मेरो पूर्ण रुपमा प्रयास हुने छ ।’

संविधानमा स्वास्थ्य सेवालाई नैसर्गिक अधिकारको रुपमा उल्लेख भएपनि त्यो अनुसार सेवा जनताले नपाइ रहेको भन्दै सर्वसाधारण जनताले आधारभूत स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नका लागि आफ्नो तर्फबाट पूर्ण रुपमा पहल गर्ने उनले बताए ।

पश्चिम दाङका गाउँपालिकाहरुमा १५ बेडका हस्पिटल सेवा सञ्चालन गर्ने भनिएपनि अझैं भने अनुरुप सेवा जनताले प्राप्त नगरेको भन्दै त्यसका लागि पनि आँफुले पहल गर्ने केसीले बताए ।

‘ अस्पतालहरुमा साधन स्रोत , आवश्यक उपकरण मात्रै हैन दक्ष जनशक्तिको ब्यबस्थापनका लागि समेत मैले प्रयास गर्ने छु,’ राज्य मन्त्री केसीले भने ‘ तपाँईहरु निश्चिन्त हुनुहोस तपाँईले मलाई दिएको भोट मैले खेर जान दिने छैन ।’

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *