२०८३ जेष्ठ २६ गते मङ्गलवार

गोर्खा मोडेल कलेजमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

दाङ, चैत्र ११। दाङको तुलसीपुरमा रहेको गोर्खा मोडेल कलेजमा बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बि बि एस दोश्रो वर्षमा अध्यनरत विद्यार्थीहरुले बि बि एस प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा बि बि एस चौथो वर्षका विद्यार्थीलाई बिदाई गरेका छन ।

बि बि एस दोश्रो वर्षमा अध्यनरत विद्यार्थी पारस न्युपानेको अध्यक्षता तथा गोर्खा ग्रुपका शैक्षिक निर्देशक दुर्गा बहादुर केसी को प्रमुख आथित्यता मा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि केसीले गोर्खा मोडेल कलेज रोजेर अध्यन गर्न आउने बि बि एस प्रथम बर्षका भाइ बहिनीहरु लाई स्वागत गर्न पाउँदा कलेज धेरै हर्शित भएको र बि बि एस चौथो वर्षका बिदाई भएर जाने विद्यार्थीहरुको उज्ज्वल भबिस्य को कामना गर्दै विद्यार्थीहरु कलेजबाट बिदाई भएर गएता पनि कलेज ले सधैं सम्झिने बताएका थिए।

यस्तै कार्यक्रममा योग गुरु रबिन्द्र बस्नेत, लेखा परिक्षक तथा शिक्षाविद बिरेन्द्र महारा, कलेजका शिक्षक राजिब वलि, शिक्षक कोमल वली लगायतकाले आफ्नो धारणा राखेका थिए ।

बिदाइ भएर जाने बि बि एस चौथो वर्षका विद्यार्थीहरुको नेतृत्व गर्दै एच . आर. मगरले आफू जहाँ जे जस्तो अबस्थामा भएता पनि आफुले पढेको कलेज र सस्थाको नाम सधैं उच्च बनाउने भन्दै आफ्नो धारणा राखेका थिए ।

कलेजका शिक्षक डम्बर डाङ्गीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सहजिकरण भने बि बि एस दोर्सो वर्षका विद्यार्थी अमृत वलिले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *