काठमाडौं,फागुन ७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको कारोबारमा पनि उलेख्य गिरावट आएको छ ।
यस साता सेयर बजारले ६९ दशमलव ५ अंक गुमाएको हो। साताको सुरुवातमा २८०१.५६ को बिन्दुबाट सुरु बजार परिसूचक साताको अन्तिम कारोबार दिन २७३२.५१ अंकमा पुगेर बजार बन्द भएको थियो।
व्याजदर वृद्धिको दबाब बजारमा सेयर बजारमा देखिएको थियो। निर्वाचनको मिति तय भएपछि बढ्ने भनिएको बजार घट्दा अन्योलमा देखिएका लगानीकर्तामा व्याजदर वृद्धिकोले गर्दा बेचेर सुरक्षीत हुन खोज्दा बजार यो हप्ता पनि गिरावट तर्फ नै देखिएको हो।
गत हप्ता पनि सेयर बजार ७५ अंकले घटेको थियो । बजारमा तरलता समस्या चुँलिदै जाँदा सेयर बजारमा ३ दिन बजार घट्दा २ दिन बढेको थियो ।
प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
