२०८३ मङ्सिर १० गते बुधवार

बाँकेमा दुई भारतीय लुटेरा पक्राउ

दाङ, माघ २९ । बाँकेमा डाँका तथा लुटपाट गरि हिड्ने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बाँके र बर्दियाका बिभिन्न स्थानमा पेस्तोल देखाई डाँका चोरी गरेका थिए ।

भारत रुपैडियाहाका २६ बर्षीय डब्लु मनिहार र बाबाजंगको बाबाकुटीका २८ बर्षीय निजामुद्दिन कबडिहा लाई इलाका प्रहरी कार्यालय खुद्रा खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले शनिबार कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

शनिबार राति मात्रै उनीहरुले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितलबजारका पर्शुराम सार्कीको घरमा पेस्तोल देखाइ तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटपाट गरेका थिए ।

त्यस्तै माघ १७ गतेपनि बाँकेको खजुरा गाउँपालिका ‘डी’ गाउँका हरिप्रकाश बिकको घरमा पेस्तोल देखाइ नगद ५० हजार, तीन तोला पाँच आनाको सुनका गरगहना र मोटरसाइकल लुटेर लगेका थिए ।

उनीहरुले लुटेर लगेको २५० सिसीको पल्सर मोटरसाइकल माघ १८ गते साँझ बर्दियाको बढैयाताल गाउँपालिका ५ बढैयाताल नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।

पक्राउ परेकाहरु उपर डाँका चोरी मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *