तुलसीपुर, माघ २८ । दाङको तुलसीपुरमा मध्य राति भएको आगलागीबाट झन्डै सात करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पीडितले दिएको निबेदनमा सात करोड जति क्षति भएको उल्लेख छ ।
जुत्ता चप्पलको गोदाम र कष्मेटिकको समेत गोदाम रहेका कारण दुबैको गरि सात करोड बराबरको क्षति भएको बिबरण पेश पीडितले उल्लेख गरेको डिएसपी अर्यालले बताए ।
तुलसीपुर उपमहानरपालिका वडा नं. ५ को ‘ङ’ स्थित एक घरमा भएको आगलागीका कारण तीन परिवारका गरगहना समेत जलेर नष्ट भएको पाइएको डिएसपी अर्यालले जानकारी दिए ।
आगलागीमा परि चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।
दुई परिवारका पाँच जनाको मृत्यु भएको हो । ६ जना भने ज्यान जोगाउन सफल भएका थिए ।
जसमध्य एक जना घाइते उपचार पछि डिस्चार्ज भएका छन् ।
यसैबीच मृतकका आफन्तले पोष्ट मार्टम पछि शुक्रबार बेलुका शब बुझेको प्रहरीले जानकारी दिएको छ ।
