२०८३ बैशाख १६ गते बुधवार

काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्वर ३ द्वार आगलागीमा ज्यान गुमाएका प्रति शोक व्यक्त

नेपाली काँगे्रस प्रतिनिधि सभा क्षेत्र नम्वर ३ दाङले आगलागीमा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

मृतकहरु प्रति श्रद्धाञ्जलीव्यक्त गर्दै यस दुखल घडिमा परिवारजन, आफ्न्तजन एवं इष्टमित्र सबैमा धैर्यधारण गर्ने शक्ति पैदान होस भनी कामना गर्दछौ, प्रतिनिधि सभा क्षेत्र नम्वर ३ का सभापति जगत बहादुर खड्का द्वारा अस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

तुलसीपुर बजारको प्रमृुख स्थानमा भएको आगलागी घटनामा स्थानीय सरकार, स्थानीय प्रशासन तयारी अवस्थामा नरहनु कमजोरी भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । राती साढे १२ बजेबाट आगलागी भएको भएपनि २ बजेसम्म पनि तुलसीपुर उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी समयमै नपुग्नु ठुलो कम्जोरी भएको बताएको । साथै आगामी दिनमा यस्तो कमजोरी नदोहोराउन समेत सचेत गराएको छ ।

दुखद घडीमाको अवस्थामा सबैलाई उद्धार र हसयोगमा जुट्न अपिल समेत गरेको छ । आगलागी घटनामा भएको जनधनको क्षतिको परिवारजनलार्य तत्काल उपचार, पुनस्थापना, राहत र क्षतिको वास्तवीक मुल्यांकन गरी उचित क्षतिपुर्ति दिलाउन सरोकारवाला निकायलाई हार्दिक अपिल गरेकोे छ ।

प्रकाशित मिति : २०७८ माघ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *