तुलसीपुर, माघ २७ । तुलसीपुर उपमहानगरपालिकामा आर्थिक बर्ष २०७६÷२०७७ को बेरुजु रकम ११ करोड देखिएको छ ।
महालेखा परिक्षकको प्रतिबेदनमा उक्त कुरा उल्लेख छ । अब महालेखाले आर्थिक बर्ष २०७७ ÷ ७८ को प्रतिबेदनपनि छिट्टै तयार पार्दै छ ।
आर्थिक बर्ष २०७७÷०७८ मा कम्तिमा ११ करोड रुपैंया आर्थिक नियमावली तथा सार्वजनिक खरीद ऐन विपरित खर्च भएको देखिएको छ ।
उपमहानगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषी लगायतका विषयगत कार्यालयहरुले ऐन विपरीत खर्च गरेको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ ।
समितिको प्रतिवेदनमा केही शैद्धान्तिक र केही अशुलउपर गर्नुपर्ने वेरुजुहरु रहेको औंल्याइएको छ ।
दोहोरो भत्ता खाएकाहरुको झन्डै ३९ हजार रुपैंया बिभिन्न ब्यक्तिहरुबाट अशुलउपर गर्न लेखाको प्रतिबेदनले औंल्याएको छ ।
प्रतिवेदनमा भ्रमण खर्चमा पनि वेरुजु देखाइएको छ ।
कुनैपनि कर्मचारी कार्यालयमा हाजिर भएकै दिन भ्रमण खर्च लिन नमिल्ने आर्थिक ऐनमा उल्लेख भएपनि कार्यालयमा हाजिर भएकै दिनको दैनिक भ्रमण भत्ता समेत केही कर्मचारीहरुले लिएकाले जस्ता कमजोरीहरु अन्यौंलाइएको छ ।
त्यस्तो रकम उनीहरुबाट अशुलउपर गर्न पनि लेखा समितिले निर्देशन दिएको छ ।
भ्रमण खर्चको रकम १५ हजार भन्दा बढी र अन्य विभिन्न व्याक्तिहरुबाट अशुलउपर गर्नुपर्ने रकम २३ लाख ३० हजार रहेको देखाइएको छ ।
लेखा समिति संयोजक तथा तुलसीपुर २ का वडाध्यक्ष राजु आचार्यले आर्थिक ऐन नियम र सार्वजनिक खरीद ऐनको भावना विपरित खर्च भएको रकमलाई लेखा समितिले वेरुजुमा राखेको हुँदा बेरुजुको आकार ठूलो देखिन गएको हुन सक्ने टिप्पनी गरे ।
आन्तरिक लेखा परिक्षण प्रतिवेदन अनुसार च्याउको विउ खरिददेखि कृषी उपकरण खरीदमासमेत यस्तो अनियमितता भएको देखाइएको छ ।
सार्वजनिक खरीद ऐनका २०६३ को दफा ८(२)मा एकै प्रकृतिको सामान खरिद गर्दा ५ लाख रुपैंया भन्दा बढीको खरिद गर्नुपर्दा टेण्डर प्रक्रियामा जानुपर्ने उल्लेख छ । तर, तुलसीपुर उपमहानगरपालिकाले पाइप खरिद गर्दा एउटै फर्मबाट पटक÷पटक खरिद गरेको अलग–अलग दररेट देखाएर करिव ७ लाख ३८ हजारको सामान खरिद गरेकोको कुरामा पनि महालेखाले औंला उठाएको छ
तुलसीपुरकै एउटा फर्मबाट फरक फरक मितिमा एउटै प्रकृतिको कारोवार गर्ने अन्य फर्मसंग प्रतिष्पर्धा नै नगराइ खरिद गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जस्लाई कतिपय आलोचकले संस्थागत भ्रष्टचारको संज्ञा दिएका छन् ।
त्यस्तै तुलसीपुरका विभिन्न विकासे आयोजनाहरुमा कटिङ तथा मर्मतका लागि जेसिबी प्रयोग गर्दा कहाँ ? कति समय जेसिबी प्रयोग भएको हो ? भन्ने समयतालिका विनै विभिन्न निर्माण कम्पनीलाई भुक्तानी दिइएको कमजोरी लेखा समितिले औंल्याएको छ ।
त्यसमा पनि अनियमितता भएको भन्दै लेखा समितिले सो भुक्तानीलाई पनि वेरुजुमा राखेको देखिएको छ ।
विकाश निर्माणका दश आयोजनाहरुमा छड खरि गर्दा कुन योजनालाई कति रड चाहिने हो ? नापी कितावमा परिणाम उल्लेख हुनु पर्ने प्राबधान छ ।
नियम अनुसार नापी पुस्तिकामा उल्लेख भएकै परिमानमा मात्रै छड खरिद गर्नुपर्ने हुन्छ ।
तर, उपमहानगरपालिकाले नापी कितावमा उल्लेख भएको भन्दा बढी परिमानको छड खरिद गरेको भन्दै व्यवसायिक फर्मलाइ भुक्तानी दिएको छ ।
नापी कितावमा उल्लेख गरिएको भन्दा बढी छड कहाँ प्रयोग गरिएको हो ? भन्ने जानकारी नै नभएकोले त्यस रकमलाई पनि नियमसम्मतको खर्च नभएको भन्दै वेरुजुमा राखिएको छ ।
उपमहानगरपालिकाको कृषि शाखाले किसानलाई ५० प्रतिसत अनुदानमा उपलव्ध गराउने उन्नतजातको बीउ खरिदमा पनि प्रतिष्पर्धा विनै एकै प्रकृतिको उन्नत जातको बीउ खरिद गरेको थियो ।
त्यसरी विना प्रतिष्पर्धा विभिन्न क्षेत्रका ४ वटा कम्पनीबाट करिव ९ लाख रुपैंया भन्दा बढीको विउ खरिद गरिएको छ । ५ लाख रुपैंया भन्दा बढीको सामान खरिदगर्न उनीहरुबाट दरभाउ पत्र आह्वान गर्नुपर्ने भएपनि त्यसो नगरी बीउ खरीदको भुक्तानी दिइएकोमा कमजोरी औंल्याउँदै महालेखाको प्रतिबेदनमा त्यसलाइ पनि वेरुजुमा राखिएको छ ।
समितिले उक्त प्रतिवेदन शुक्रवार हुन लागेको संभवत अन्तिम नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।
