२०८३ मङ्सिर १० गते बुधवार

प्रहरी अधिकारीको नाम भजाएर अनुचित लाभ लिएको अभियोगमा युवा पक्राउ

तुलसीपुर, माघ २७ । दाङका प्रहरी अधिकारीको नाम भजाएर बिभिन्न ब्यक्तिहरु संग अनुचित लाभ लिएको गुनासो पछि एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.२ का २५ बर्षीय कमल घर्ती मगर रहेका छन् ।

मगरलाई दाङका प्रहरी प्रमुख एसपी काफ्लेको नाम भजाउँदै बिचौलियाको भूमिका खेली सर्वसाधारणबाट अनुचित लाभ लिएको गुनासोको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

मगरलाई प्रहरीले माग २० गते दाङको घोराहीबाट नियन्त्रणमा लिएको थियो । मगर केही समय अघि एउटा जुवा खालबाट पक्राउ परेका ब्यक्ति समेत रहेको प्रहरीले जनाएको छ ।

मगरका बिरुद्ध बाग्लुङ जिल्लाको बुर्तिबाङकी सुकमाया बुढालाई बल्याकमेलिङ गरि दुई लाख रुपैंया ठगी गरेको उजुरीपनि रहेको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी प्रमुख एसपी काफ्लेले बताए ।

प्रकाशित मिति : २०७८ माघ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *